होमपेजचितवन विशेषमाडीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

माडीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

चितवन , असोज १८ – चितवनको माडी नगरपालिका वडा नं ६ बसन्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खेतमा बिच्छाइएको बिजुलीको तारमा परेर स्थानिय ६० बर्षका सुकदेव महतोको करेन्ट लागेर मृत्यु भएको हो। धानखेतमा निकुञ्जको जनावर धपाउने क्रममा गएराति १२ बजे करेन्ट लागेर महतोको ज्यान गएको बताइएको छ । महतोको शव पोस्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडी बसन्तपुरले जनाएको छ ।

ताजा समाचार