होमपेजचितवन विशेषचितवन मेडिकल कलेजको परिक्षणमा चितवनका ४९ सहित थप ७२ जनामा कोरोना संक्रमण

चितवन मेडिकल कलेजको परिक्षणमा चितवनका ४९ सहित थप ७२ जनामा कोरोना संक्रमण

चितवन , असोज १७ – चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा आज शनिबार गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ३४ सहित थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगर क्षेत्रका ३४ र चितवनका ४९ सहित थप ७२ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । शुक्रवार संकलन गरि शनिबार प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ३४ जना , रत्ननगर नगरपालिकाका ८ जना , खैरहनी नगरपालिकाका ५ जना , कालिका नगरपालिकाका र र माडी नगरपालिकाका एक – एक जनामा संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । त्यसै गरि थप संक्रमितहरुमा नबलपुर गैंडाकोटका ४ जना ,हुप्सेकोट १ जना , कावासोतीका ४ जना , मध्यबिन्दुका २ जना र बुलिङ्टारका एक जनामा कोरोना संक्रमण भएको हो । त्यस्तै नवलपरासी बर्दघाटका १ जना प्युठानका एक जना , तनहुका ४ जना, दाङका एक जना , सर्लाहीका २ जना , ललितपुर र धादिङका एक – एक जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । शनिबार चितवन मेडिकल कलेजको प्रयोगशालामा २ सय ८० नमुना परिक्षण गरिएकोमा ७२ वटा नमुनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार