काठमाडौं, असोज १७ – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई भने कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको थियो। शनिबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । -ओकेजनता