होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

चितवन,असोेज १७- चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत नवलपुर विनय त्रिवेणी गाँउपालिका २ दुम्किबासका ३६ बर्षिय पुरुषको आज अपरान्ह ४ः५० बजे मृत्यु भएको हो । स्वासप्रश्वास र कलेजो सम्बन्धि समस्या रहेका उनको अस्पतालको कोभिड आइसियूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । उनी आज दिउसो १२ बजे कोरोना संक्रमण भएकै अबस्थामा अस्पतालमा भर्ना भएको जनाइएको छ । केही दिन अगाडी कोरोना पुष्टि भएपछि उनि आइसोलेसनमा बस्दै आएका र लामो समयदेखि मुटु तथा कलेजोको उपचार गराइरहेको अस्पतालले जनाएको छ ।

ताजा समाचार