Home चितवन विशेष चितवनमा आज विद्युत अबरुद्ध हुने

चितवनमा आज विद्युत अबरुद्ध हुने

0

चितवन, असोज १७ –चितवन जिल्लामा आज शनिबार विद्युत् अबरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आज जिल्लाभर नै विद्युत् कटौती गर्न लागेको हो ।भरतपुर स्थित बाइपास सडक खण्ड फराकिलो बनाउने काम भैरहेको र विद्युत् संरचना सार्ने तथा व्यवस्थापन कार्यका लागि विद्युत् कटौती गर्न लागिएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।प्राधिकरणका अनुसार ३३ केभी पर्सा फिडर र ३३ केभी चनौली फिडर अन्तरगतका स्थानहरुमा विहान ७ बजेदेखि दिउँसो १ बजे, भरतपुर १, औद्योगिक १ र हस्पिटल फिडर अन्तरगत विहान ७ बजेदेखि दिउँसो १ बजेसम्म र नारायणगढ, गैंडाकोट, औद्योगिक २ फिडर अन्तरगतका क्षेत्रहरुमा विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाइको छ ।