होमपेजचितवन विशेषउचित ब्यबस्थापन र बसोबासको लागि माडीका सुकुम्बासी चेपाङहरु द्वारा अन्तरक्रिया

उचित ब्यबस्थापन र बसोबासको लागि माडीका सुकुम्बासी चेपाङहरु द्वारा अन्तरक्रिया

चितवन , असोज १६ – चितवनको माडी कुसुम खाेलाबाट विस्थापित चेपाङ सुकुम्बासीकाे स्थायी बसाेबासका लागि देखिएका समस्या समाधानकाे लागि आज माडीमा सर्वपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रममा माडीका राजनैतिक दलका अगुवा , जनप्रतिनिधिहरु र सुकुम्बासी चेपाङ अगुवाहरुको सहभागिता रहेको थियो । माडी-७, परूई नदी किनारमा बसिरहेका चेपाङ परिवारहरुले त्यहाँ बस्ती रहने नरहने टुंगो नरहेको, बस्तीमा शौचालय, खानेपानी तथा सडक पुर्वाधार लगायतको अभाब रहेको तथा घर नै बन्ने वा नबन्नेमा दोधार अबस्था आएको बताए । त्यस्तै सोही वडाको दिवानगरमा रहेको चेपाङ बस्तीका सुकुम्बासी परिवारले जीविकोपार्जनको गर्न समस्या भएको जनाउदै आधारभुत मानबिय आबश्यकता पूरा गरिदिन माग गरेका छ्न । त्यस्तै राइटोलका बासिन्दाहरुले निकुञ्जका कारण रोकिएको चेपाङ आवास र बाटो निर्माण अवरुद्ध रहेकाले तत्कालै काम सुचारु गर्न आग्रह गर्नुका साथै कुसुमखोलाका चेपाङ घर परिवारले चेपाङको घरमा आगजनी गरेका र घर भत्काएकाहरुलाई कारवाही नभएक‍ो र बगहीँबाट कुसुमखोला हुँदै बाँदरझुला पुग्ने बाटो अवरुद्ध रहेकोले सुचारु गर्न माग गरेका थिए । कार्यक्रममा माडी नगर प्रमुख ठाकुर प्रसाद ढकाल,माडी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बालकृष्ण सापकोटा , वडा नम्बर ८ का अध्यक्ष कृष्णराज अधिकारी वडा नम्बर ९ का अध्यक्ष शिबहरी सुवेदी , नेकपाका श्रीप्रसाद दवाडी नेपाली काङ्ग्रेस ढाकामोहन तिमिल्सिना लगायत बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले उनिहरुको स्थायी बसोबासको चिन्ता व्यक्त गरेका थिए । उनीहरुले विभिन्न मागहरु प्रस्तुत गर्दै १ हप्ता भित्र आफ्ना मागहरुको सम्बोधन नभएमा चितवन राष्ट्रिय निकुन्ज बिरुद्द कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

ताजा समाचार