होमपेजचितवन विशेषचितवनका थप १८ जनामा कोरोना संक्रमण

चितवनका थप १८ जनामा कोरोना संक्रमण

चितवन , असोज १६ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड -१९ परिक्षण प्रयोगशालामा थप १८ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका मात्रै १७ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा ११ जना पुरुष र ६ जना महिला रहेका छ्न । उनिहरु विभिन्न वडाका रहेका छ्न । त्यस्तै राप्ती नगरपालिकाका एक जना महिलामा पनि कोरोना संक्रमण देखिएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले बताइन । उनिहरु सबैको क्वारेन्टिन , भरतपुर अस्पताल , पुरानो मेडिकल कलेज र पुस्पान्जली अस्पताल बाट स्वाव संकलन गरिएको जनाइएको छ ।

ताजा समाचार