होमपेजचितवन विशेषपुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

पुरानो मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

चितवन,असोज १६- चितवनको भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस ( पुरानो मेडिकल कलेज ) मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ७६ बर्षिय महिलाको मृत्यु भएको हो । ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते अस्पताल ल्याइएकोमा ३ दिन पछि असोज १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । आकस्मिक कक्षमा उपचारका क्रममा आज विहान ११ः४५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । चितवनमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

ताजा समाचार