होमपेजचितवन विशेषक्यान्सर अस्पतालको परिक्षणमा चितवनका ८ सहित १७ जनामा कोरोना संक्रमण

क्यान्सर अस्पतालको परिक्षणमा चितवनका ८ सहित १७ जनामा कोरोना संक्रमण

चितवन , असोज १६ – चितवनको भरतपुर स्थित बि पि कोईराला क्यान्सर अस्पतालमा बिहीवार गरिएको परिक्षणमा चितवनका ८ जना सहित थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । अस्पतालको कोभिड -१९ मोलिक्युलर ल्याव प्रयोगशालामा १ सय ८५ वटा नमुना परिक्षणका क्रममा थप १७ जनामा संक्रमण पुष्ठि भएको हो । परिक्षणका क्रममा भरतपुर महानगरपालिकाका विभिन्न वडाका ७ जना र राप्ती नगरपालिकाका थप एक जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । त्यस्तै गुल्मीका २ जना , दाङका १ जना ,रुपन्देही १ जना ,काठमाडौ २ जना , बाराका १ जना , कंचनपुरका १ जना र नवलपरासीका थप एक जना कोरोना संक्रमण देखिएको हो ।

ताजा समाचार