होमपेजचितवन विशेषकोरोनाका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

कोरोनाका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

चितवन , असोज १६ – कोरोना संक्रमणका कारण चितवनको भरतपुर अस्पतालमा आज बिहान एक पुरुषको मृत्यु भएको छ । मकवानपुर जिल्ला हेटाैडा उप महानगरपालिका न्यूरेनी बस्ने बर्ष ७८ काे पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनलाइ बिहीबार राति १० बजे काेभिड संक्रमण सहित चितवन मेडिकल कलेजबाट भरतपुर अस्पताल ल्याइएको र स्वासप्रवासमा जटिल समस्या तथा निमाेनिया समेत देखिएकाेले काेभिड आईसियुमा भर्ना गरि उपचार शुरु गरिएको थियाे। उनकाे स्वास्थ्य अवस्था थप जटील हुदै गएपछि भेन्टिलेटरमा राखी उपचारकै अबस्थामा आज बिहान ७:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ताजा समाचार