होमपेजताजा समाचारडिजेल र मट्टीतेलको मुल्य घट्यो, पेट्रोलको मूल्य यथावत

डिजेल र मट्टीतेलको मुल्य घट्यो, पेट्रोलको मूल्य यथावत

चितवन, असोज १५ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मुल्य घटाएको छ ।निगमले आज राति १२ बजेबाट लागु हुनेगरी डिजेल र मट्टीतेलमा १ रूपैयाँ घटाएको हो।

मुल्य घटेसँगै  काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ।त्यसैगरी पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ। निगमका अनुसार रतको रक्सौलसँग सीमा जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल प्रतिलिटर ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

ताजा समाचार