
चितवन , असोज १५ – चितवनको भरतपुर स्थित बि पि कोईराला क्यान्सर अस्पतालमा बुधबार गरिएको परिक्षणमा चितवनका ५ जना सहित थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । अस्पतालको कोभिड -१९ मोलिक्युलर ल्याव प्रयोगशालामा १ सय ५४ वटा नमुना परिक्षणका क्रममा थप ११ जनामा संक्रमण पुष्ठि भएको हो । परिक्षणका क्रममा भरतपुर महानगरपालिकाका विभिन्न वडाका ४ जना र राप्ती नगरपालिकाका थप एक जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । त्यस्तै धनुषा , रौतहट ,पर्सा , कंचनपुर ,मोरङ र महोत्तरीका थप एक – एक जना कोरोना संक्रमण देखिएको हो ।