Home चितवन विशेष भरतपुर महानगर क्षेत्रका ४३ सहित चितवन मेडिकल कलेजको परिक्षणमा थप ६१...

भरतपुर महानगर क्षेत्रका ४३ सहित चितवन मेडिकल कलेजको परिक्षणमा थप ६१ जनामा कोरोना संक्रमण

0

चितवन , असोज १४ – चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको प्रयोगशालामा आज बुधबार गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ४३ सहित थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगर क्षेत्रका ४३ सहित थप ६१जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । मङलबार संकलन गरि बुधबार प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ४३ जना , रत्ननगर नगरपालिकाका ५ जना , राप्ती नगरपालिकाका एक जना , खैरहनी नगरपालिकाका ५ जना र माडी नगरपालिकाका एक जनामा संक्रमण देखिएको प्रयोगशालाका जनाएको छ । त्यसै गरि थप संक्रमितहरुमा लम्जुङ राइनासका एक जना , नबलपुर गैंडाकोटका २ जना ,तनहु ब्यास र देबघाटका एक – एक जना, बारा जितपुर , मकवानपुर हेटौंडाका एक एक जना तथा कैलाली जानकी नगर र जोशिपुरका २ जनामामा कोरोना संक्रमण पुष्ठि भएको हो । बुधबार चितवन मेडिकल कलेजको प्रयोगशालामा ३ सय ६९ नमुना परिक्षण गरिएकोमा ६१ वटा नमुनामा कोरोना पोजेटिभ देखिएको हो ।