होमपेजचितवन विशेषचितवनको परिक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनको परिक्षणमा थप ६८ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन , असोज १३ – चितवनको भरतपुर स्थित मङलबार दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४१ जना सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । भरतपुर अस्पताल कोभिड -१९ परिक्षण प्रयोगशालामा १२ जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा ५६ जना गरि थप ६८ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ६ जना , राप्ती नगरपालिकाका एक जना , खैरहनी नगरपालिकाका ४ जना र कालिका नगरपालिकामा एक जनामा संक्रमण देखिएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले बताइन । त्यसै गरि चितवन मेडिकल कलेजको परिक्षणमा थप ५६ जनामा कोरोना संक्रमण पुष्ठि भएको अस्पतालले जनाएको छ । परिक्षणका क्रममा भरतपुर महानगरपालिका क्षेत्रका मात्रै २९ जना रहेका छ्न । त्यस्तै रत्ननगर नगरपालिका ४ जना , खैरहनी नगरपालिका ५ जना , राप्ती नगरपालिका २ जना र कालिका नगरपालिका १ जना संक्रमीत फेला परेको जनाइएको छ । त्यस्तै नबलपुरका १० जना , नवलपरासी, तनहु , पर्सा , मोरङ र सर्लाहीका एक एक जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । मंगलवार कोभिड प्रयोगशालामा १ सय ६३ नमुना परिक्षण गरिएकोमा १२ जना र चितवन मेडिकल कलेजको प्रयोगशालामा १ सय ८२ नमुना परिक्षण गरिएकोमा ५६ वटा नमुनामा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार