होमपेजताजा समाचारदेशभर पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना संक्रमण पुष्टी, ७३१ जनाले कोरोना...

देशभर पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना संक्रमण पुष्टी, ७३१ जनाले कोरोना संक्रमणलाई जिते

काठमाडौं , असोज-१३ – देशभर पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६३५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर २० हजार ३८९ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ७०७ जना छन्। मन्त्रालयका अनुसार हाल ५ हजार ७७८ जना क्वारेन्टाइनमा छन्।

आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सहित कुल परीक्षणको संख्या १० लाख ९ हजार २९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा ५५ हजार ३७१ जना संक्रमित उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७३.६ प्रतिशत हो।

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जना मृत्यु, हाल सम्म नेपालमा ४९१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । कोरोना लागेका संक्रमित हरु मध्य ०.६४% जनाको मृत्यु भएको छ ।

ताजा समाचार