होमपेजचितवन विशेषअयोध्याधाम निर्माणका लागि माडी नगरपालिकाले जमिनको टुङ्गो लगायो

अयोध्याधाम निर्माणका लागि माडी नगरपालिकाले जमिनको टुङ्गो लगायो

चितवन, असोज १३ – चितवनको माडी नगरपालिकाको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणस्थलको लागि जमिन टुङ्गो लगाएको छ ।कार्यपालिकाको आज बसेको बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनौट गरेको हो ।
माडी नगरपालिका वडा नं. ९ र ८ को सीमाक्षेत्रमा रहेको करीब १सय बिगाहा क्षेत्रफलमा फैलिएको कृष्णनगर पार्क भनिने खाली चौरलाई अयोध्याधाम निर्माण स्थलका रुपमा छनौट गरिएको नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीले बताए । अयोध्याधाम निर्माणका लागि सो पार्कलाई केन्द्र मान्दै यसअघि नै डि.पि.आर. निर्माण लगायतका काम सुरुवात भइसकेको थियो । बैठकले रामधाम निर्माणको बैंकल्पिक स्थान एवं ओमकार पार्क र जटायु पार्क निर्माणस्थलका रुपमा पाँचपाण्डव, वडा नं. ७को शनि मन्दिरको क्षेत्र र गणेशकुञ्ज लगायतको क्षेेेत्र लाई प्रस्ताव गर्ने पनि निर्णय गरेको छ । माडी वडा नम्बर ७ का केही स्थानीयहरुले धाम निर्माणका लागि करिब १५ बिगाहा जमिन निशुल्क दिने घोषणा गरि सकेका छ्न । यसैबिच अयोध्याधाम खोज तथा अनुसन्धान समिती माडीका संयोजक नारदमणी पौडेलले कार्यपालिकाको बैठकको निर्णय स्वागतयोग्य रहेको बताएका छ्न । जमिनको टुंगो नलागेका कारण काममा अबरोध भएको अबस्थामा आजको निर्णयले काम अगाडी बढाउन सहज भएको र केही दिनमै अयोध्याधाम निर्माणको चरणमा प्रबेश गर्ने बताए ।

ताजा समाचार