होमपेजचितवन विशेषचितवनका ३७ सहित थप ४५ जनामा कोरोना संक्रमण पुष्ठि

चितवनका ३७ सहित थप ४५ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, असोज १२ – चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा आज सोमबार गरिएको परिक्षणका क्रममा चितवनका ३७ सहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणमा चितवन लगायतका जिल्लाका थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका विभिन्न वडका ३३ जना , खैरहनी नगरपालिकाका २ जना र रत्ननगरका २ जना रहेका छन् । यस्तै संक्रमण देखिनेमा नवलपुरका ४ जना, काठमाडौं, ललितपुर, धनुषा र बाराका १ ,१ जना रहेको कलेजले जनाएको छ ।
आज सो अस्पतालमा २ सय ६८ जनाको परिक्षण गरिएकोमा थप ४५ जना संक्रमित भेटिएको अस्पतालले जनाएको छ ।

ताजा समाचार