होमपेजचितवन विशेषचितवनका थप १३ जनामा कोरोना संक्रमण

चितवनका थप १३ जनामा कोरोना संक्रमण

चितवन ,असोज १२- चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड -१९ परिक्षण प्रयोगशालामा चितवनका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड प्रयोगशालामा आज सोमबार गरिएको परिक्षणमा भरतपुर महानगरपालिका सहितका १३ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो। थप संक्रमितहरुमा भरतपुरका ४ जना रहेका छन । जसमध्ये एक जना पुरुष र ३ जना महिला रहेका छन ।त्यस्तै रत्ननगर नगरपालिकाका १ जना पुरुष र खैरहनीका ३ पुरुष तथा एक महिला गरी चार जना रहेका छन । त्यसैगरी कालिका नगरपालिकाका १ जना पुरुष र ३ जना महिला रहेको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभएको छ । प्रयोगशालामा सोमबार परिक्षण गरिएका २३६ नमुना मध्ये १३ जनामा कोरोना पुष्टि भएको हो ।

ताजा समाचार