होमपेजचितवन विशेषकोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण भरतपुर अस्पतालमा थप एक पुरुषको मृत्यु

भरतपुर,असोज १२- चितवनको भरतपुर स्थित भरतपुर अस्पतालमा उपचाररत एक ५५ वर्षिय पुरुषको आज मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ७ का ती पुरुको दिउँसो मृत्यु भएको हो । खोकी र स्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना भएका उनलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । मृगौलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ताजा समाचार