होमपेजचितवन विशेषमाडीको चेपाङ छात्रावासमा विशिष्ट कलाकारहरुद्वारा सहयो

माडीको चेपाङ छात्रावासमा विशिष्ट कलाकारहरुद्वारा सहयो

चितवन , असोज १२ – चितवनको माडी नगरपालिकाको आश्रयमा रहेको वडा नं ६ लक्ष्मीनिवास स्थित मनमोहन सहयोगी बालग्राममा विशिष्ट कलाकारहरुको टोलिले सहयोग हस्तान्तरण गरेका छ्न ।
कलाकारहरु राज केसी, किरण केसी “रातामकै”सुरेन्द्र केसी “मुला साग” सम्मिलित व्यावसायिक संस्था ट्वान्टी वान ग्रुप प्रोपटी डिलर्सले आज एक कार्यक्रमको आयोजना गरि २९० लि. को फ्रिज ५० इन्चको टि भी, डिस होम छात्राबास लाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रम माडीका नगरप्रमुख ठाकुर ढकाल लगायतको सहभागी रहेको थियो । छात्राबासमा आबश्यक भौतिक सामाग्रीको अभाबमा बालबालिकालाई असहज भैरहेको अबस्थामा यस किसिमको सहयोगले छात्राबासको अबस्था सुधार हुँदै गएको ब्यबस्थापक टीका आचार्यले बताए । सो संस्थाले छात्रावासमा रहेका बालबालिकाहरुलाई आवश्यक हुने दुधका लागि गाईपालन गर्न गोठ निर्माणका लागि समेत सहयोग गरेको जनाएको छ।
उक्त बालग्राममा बिपन्न तथा समस्यामा परेका चेपाङ बालबालिकाहरु बसेर अध्यन गर्ने गरेका छ्न ।

ताजा समाचार