होमपेजचितवन विशेषचितवनमा बाघको आक्रमण वाट एक जनाको मृत्यु

चितवनमा बाघको आक्रमण वाट एक जनाको मृत्यु

चितवन , असोज १२ – चितवन राष्ट्रिय निकुञ्ज आसपासको मध्यवर्ती सामुदायिक वनमा श्रृङखलाबद्द बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । बाघको आक्रमणबाट सोमबार पुर्बी चितवनमा थप एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. ६, का ५५ वर्षिय बबना चौधरी रहेका छन् । स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउन जाँदा उनलाई बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत अशोक रामले बताए । चौधरीले हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको र मृतकको शव घटना स्थल नजिकै फेला परेको प्रहरीले जनाएको छ । यस अघि गत शनिबार चितवनको सितामाइ क्षेत्रमा र केही दिन अगाडी सोही क्षेत्रकै राप्ती नदि नजिकै बाघको आक्रमणबाट केही दिनको फरकमा दुइ जनाको मृत्यु भएको थियो ।

ताजा समाचार