होमपेजचितवन विशेषचितवनमा डिएसपी सहित ८ जना प्रहरीमा कोरोना संक्रमण

चितवनमा डिएसपी सहित ८ जना प्रहरीमा कोरोना संक्रमण

चितवन, असोज १२– चितवन स्थित जिल्ला प्रहरी कार्यालयमा कार्यारत ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापासहित ८ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आइतबार गरिएको परिक्षणमा डिएसपी थापा लगायत ८ जनामा कोरोना संक्रमण देखिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए । उनिहरुको प्रहरीह कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको बताइएको छ ।
कोरोना संक्रमण देखिएका डिएसपी थापाले आफूलाई ज्वरो र खोकी लागे पनि अन्य प्रहरीमा लक्षण नदेखिएको बताएका छ्न । केही दिन अगाडी नारायणगढ्मा रहेको वडा प्रहरी कार्यालयमा समेत २६ जना प्रहरीमा संक्रमण देखिएको थियो ।

ताजा समाचार