Home चितवन विशेष चितवन मेडिकल कलेजको परिक्षणमा थप १९ जनामा कोरोना संक्रमण

चितवन मेडिकल कलेजको परिक्षणमा थप १९ जनामा कोरोना संक्रमण

0

चितवन , असोज ११ – चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा आइतबार गरिएको परिक्षणमा चितवनका ११ सहित थप १९ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका मात्र ९ जना रहेका छ्न । त्यस्तै खैरहनी र कालिका नगरपालिकामा थप १-१ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । अन्य जिल्लाका संक्रमितहरुमा गोरखा , सल्यान , नवलपुर र रौतहटका गरि ८ जनामा कोरोना संक्रमण भएको हो । अस्पतालमा आइतबार १८७ नमुना परिक्षण गरिएकोमा १९ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । उनिहरु सबैको चितवन मेडिकल कलेज स्वाव संकलन केन्द्र बाट नमुना लिइएको हो ।