होमपेजचितवन विशेषपर्यटन दिबसको अबसर पारेर चितवनमा साइकल यात्रा

पर्यटन दिबसको अबसर पारेर चितवनमा साइकल यात्रा

चितवन , असोज ११ – विश्व पर्यटन दिवसकाे अवसर पारेर आज चितवनमा साइकल यात्रा गरिएको छ। पर्यटनको दिगाे विकास र दिर्घकालिन रुपमा प्रदुषण मुक्त समाज बनाउने उदेश्यका साथ साइकल यात्रा गरिएको हो। पर्यटनलाई प्रवर्द्धन गर्न उद्योग वाणिज्य सघं चितवन र साईकल राइडर्स क्लब चितवनकाे सयुंक्त आयोजनामा कार्यक्रम गरिएको हो। सरकारले नेपाल भ्रमण बर्ष घोषणा गरेकै केही समयमा काेराेना संक्रमणका कारण ठप्प बनेको पर्यटनलाई पुन अघि बढाउन साइकल यात्रा सुरु गरिएको आयोजक चितवन साइकल राइडर्स क्लबका अध्यक्ष नवीन खरेलले बताए ।
विश्वका बिशिस्ट ब्याक्तीहरुले समेत साइकलमै यात्रा गर्ने र साइकलले स्वास्थ्य , पर्यावरण र पर्यटनलाई समेत टेवा पुर्याउने उद्योग वाणिज्य सघं चितवनका अध्यक्ष राजु श्रेष्ठले बताए ।
नारायणगढ स्थित उद्योग वाणिज्य सघं परिसर बाट सुरु भएकाे साईकल यात्रा राइनाे ताल, बीसहजारी ताल, हुँदै प्रर्यटकिय स्थल सितामाइमा पुगेर अन्त्य भएको थियो। कार्याक्रम मा ५० जना साइकल यात्रीहरु सहभागी रहेका थिए।

ताजा समाचार