Home चितवन विशेष काठमाडौं र चितवनमा मात्रै ७४६ जनामा कोरोना पुष्टि

काठमाडौं र चितवनमा मात्रै ७४६ जनामा कोरोना पुष्टि

0

चितवन, असोज ८ – बितेको २४ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै ६०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसपछि चितवनमा १३७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङमा ७३, भक्तपुरमा ५१, ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मात्रै ७५५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको विवरणअनुसार बितेको २४ घण्टामा देशभर १४९७ जनामा संक्रमण पुष्टि भएको छ भने यससँगै देशभर हालसम्मको कुल संक्रमित संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै हालसम्म ५० हजार ४११ जना डिस्चार्ज हुँदा क्वारेन्टिनहरुमा ६ हजार ५६५ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएपछिमृतकको कुल संख्या ४५३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् ।     -रातो  पार्टी