Home चितवन विशेष चितवनमा एकैदिन अहिले सम्मकै धेरैमा कोरोना संक्रमण

चितवनमा एकैदिन अहिले सम्मकै धेरैमा कोरोना संक्रमण

0

चितवन, असोज ८– चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज र भरतपुर अस्पताल प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा एकैदिन १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा १४० र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना गरी थप १४३ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवन जिल्लाका १२९ जना र चितवन बाहिरका १४ जना रहेका छन् । चितवनका सबैभन्दा धेरै पुर्बी चितवन रत्ननगर नगरपालिकाका मात्रै ७५ जना रहेका छन् । जसमध्ये वडा नं.१४ का ४५ जना रहेका छन् । भरतपुर महानगरपालिकाका ४५ जना, खैरहनी नगरपालिकाका ४ जना, कालिका र राप्ती नगरपालिकाका २,२ जना र माडी नगरपालिकाका एक जना रहेका छन् । यस्तै नवलपरासी पूर्वका ९ जना, तनहुँ, लमजुङ, स्याङजा, बारा र मकवानपुरका एक ,एक जना रहेका छन् । केही दिन यता चितवनमा विभिन्न कारणले परिक्षणको काम रोकिएको भए पनि बुधबार बाट सुरु गरिएको परिक्षणको एकै दिन धेरैको संख्यामा कोरोना पोजेटिभ देखिएको पहिलो पटक हो ।