होमपेजचितवन विशेषअबिरल बर्षाका कारण चितवनको जनजीवन प्रभाबित , बजार क्षेत्र नै डुबानमा

अबिरल बर्षाका कारण चितवनको जनजीवन प्रभाबित , बजार क्षेत्र नै डुबानमा

चितवन, असोज ८– तीन दिन देखिको अविरल बर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा डुवान भएको छ । चितवन जिल्लाको भरतपुर आसपासको क्षेत्रमा पानीको उचित निकास नभएका कारण बजार समेत डुबानमा परेको हो । भरतपुर बिमानस्थल बाट आएको पानीका कारण हाकिम चोक , सिर्जना चोक लगायतका स्थानका दर्जनौ घर डुबानमा परेका छ्न । बुद्ध चोक क्षेत्रमा जमेको पानी निकासका लागि मुख्य सडक नै खनेर पानी पास गरेपछी चैबिसकोठी आउने सडक अबरुद्ध बनेको छ । यता भरतपुर महानगर वडा नम्बर १० को कार्यालय र आसपासको क्षेत्रको पानी पसेर दुर संचार रोड कारागार लगायतको स्थान डुवानमा परेको छ । त्यसैगरी भरतपुरको वडा नम्बर ११ र १२ मा पनि बर्षाका कारण धेरै स्थानमा डुवान भएको खबर प्राप्त भएको छ । त्यसैगरी पश्चिम चितवनका विभिन्न स्थानमा डुबानका कारण धान खेतीमा क्षेती पुगेको जनाइएको छ । उता माडीमा पनि बर्षाकै कारण नदिहरु बढेको र कतिपय स्थानमा पाक्न लागेको धान सहितको जमिन नदिले बगाएको जनाइएको छ । यता नाराययणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विभागका अनुसार नारायणी नदी देवघाट क्षेत्रमा खतराको तह पार गरेको हो ।देवघाट क्षेत्रतर्फ पानीको सतह ८.११ मिटर पुगेको छ । यस्तै पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.३ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ ।निरन्तर वर्षासंगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई चितवन प्रशासनले सतर्क रहन अनुरोध गरेको छ ।
यस्तै चितवनमा पछिल्लो एक घण्टामा ४.८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पछिल्लो तीन घण्टामा २५ मिलिमिटर र २४ घण्टामा १५०.६ मिलिमिटर वर्षा भएको छ ।

 

ताजा समाचार