होमपेजचितवन विशेषपहिरोका कारण नारायणगढ - मुग्लिन सडक खण्ड अबरुद्ध

पहिरोका कारण नारायणगढ – मुग्लिन सडक खण्ड अबरुद्ध

चितवन , असोज ७- अबिरल बर्षाका कारण नारायणगढ – मुग्लिङ सडक खण्डको इच्छाकामना गाउ पालिका वडा नं ६ चारकिलाेमा खसेको पहिरोको कारण सडक अबरुद्ध भएको छ । अपराह्न ४:३० बजे लेदाे सहितकाे पहिराेले बाटाे दुइतर्फी रुपमा अवरुद्ध भएकाे हो ।सडक अबराेध हटाउन आवाश्यक पहल भैरहेकाे, निरन्तर बर्षा भैरहेका कारण सडक अबराेध हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । माैसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अझै केही दिन निरन्तर बर्षा हुने र बाढी पहिराेकाे जाेखिम उच्च रहेकाले जरुरी अवस्थामा बाहेक केहि दिन यस सडकखण्ड भएर यात्रा नगर्न अनुरोध समेत गरेको छ । यस बर्ष बर्षा भए सगै पहिरोका कारण नारायणगढ – मुग्लिङ सडकखण्ड पटक पटक अबरुद्ध हुने गरेको छ ।

ताजा समाचार