होमपेजचितवन विशेषनिकुञ्ज क्षेत्रमा बढेको झाडीका कारण माडी आवतजावतमा समस्या

निकुञ्ज क्षेत्रमा बढेको झाडीका कारण माडी आवतजावतमा समस्या

चितबन , असोज ७ – चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बढेको झाडीका कारण कसरा देखी बनकट्टा हुदै गरिने माडी आवतजावतमा समस्या भएको छ । बर्षादको समयमा निकुञ्ज क्षेत्रमा रहेको सडकको दुबै तर्फ झाडी , बुट्यान बढे सगै निकुञ्ज क्षेत्रमा आबतजावतमा समस्या भएको हो । कसरा वाट बनकट्टा सम्मको करिब ९ किलो मिटर सडकमा साँझ बिहानको समयमा जंगली जनाबारको कारण निकुञ्ज पार गर्न कठिन हुने गरेको छ । बिगतका बर्षहरुमा बर्षा सकिने बितिकै सडकको छेउछाउ झाडी सफा गर्ने गरेको भएपनि यस पटक कसैको ध्यान नपुगेको माडी बरुबाका स्थानियबासी टिकाराम सुबेदीले बताए । “बाटो साघुरो छ त्यसैमा बढेको झाडीले कहानिर जंगली जनाबरको मुखमा परिन्छ भन्ने डरै डरमा निकुञ्ज पार गर्नु पर्ने अबस्था आएको छ” उनले भने । निकुञ्ज भित्र रहेको सडक क्षेत्रमा झाडी बढेका कारण हिडडुलमा समस्याको भएको आफू लाई जानकारीमा आएको भएपनि सो काम सडक निर्माणकर्ताको जिम्मेबारी भएकाले सरसफाईको काम पनि सडक डिभिजन कार्यलयकै भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।” सडक बनाउने र मर्मत , सरसफाई लगायतको सबै काम सडक कार्यालयको हो “उनले भने । यता डिभिजन सडक कार्यालयले बिगतका बर्षहरुमा निकुञ्ज सगँ समन्बय गरि निकुञ्ज क्षेत्रमा सडकको दुबै तर्फ झाडी बुट्यान काटने र सडक सरसफाई गर्ने गरेको भएपनि यस पटक समन्बयको अभाबमा सो काम गर्न नसकिएको जनाएको छ । केही समय पहिले सो सडक मर्मतको काम गरिएको र झाडी सरसफाईको काम बाकी रहेकाले निकुञ्ज सगँ समन्यब गरेर सरसफाईको काम अगाडी बढाउने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले बताए । कसरा माडी सडक खण्डमा दैनिक सयौको संख्यामा यात्रुहरु पैदल , साईकल , मोटरसाईकल लगायतका सबारीका साधनहरुमा ओहोरदोहर गर्ने गरेका भएपनि जंगली जनाबारका त्रासका कारण बटुवाहरुको असहज यात्रा हुने गरेको छ।

ताजा समाचार