होमपेजचितवन विशेषभरतपुर अस्पताल प्रयोगशालामा कोरोना परिक्षण रोकियो

भरतपुर अस्पताल प्रयोगशालामा कोरोना परिक्षण रोकियो

चितवन , असोज ७ – चितवनको भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि देखि प्रयोगशालामा परिक्षणको काम बन्द भएको छ । प्रयोगशाला बन्द भएपछी प्रयोगशालामा सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । सोमबार रिएजेन्ट सकिएपछि परीक्षण गर्न रोकिए पछि मङ्गलबार ३२५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले बताइन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशाला लगायतका अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको र उपलब्ध भएपछी परिक्षणको काम पुन सुचारु गरिने डाक्टर अधिकारीको भनाइ रहेको छ ।
प्रयोगशालामा आबश्यक हुने आर एन ए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये अहिले रिएजेन्ट अभाव भएको हो । चितवनमा कोरोना अस्पताल स्थापना भएपछी
गत चैत २२ गते शुरु भएको प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको जनाइएको छ । चितवन सहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि यहाँ पठाइने गरेका कारण प्रयोगशाला लाई आबश्यक हुने किट , रिएजेन्ट अभाब हुने गरेको हो । चितवन जिल्लामा सरकारी स्तरमा भरतपुर अस्पताल , निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पिसीआर परीक्षण गर्दै आएका छन् ।

ताजा समाचार