होमपेजचितवन विशेषमाडीमा सुकुम्बासी - चेपाङ्गले मध्यवर्ती कार्यालयका गरेको तालाबन्दी खुल्यो

माडीमा सुकुम्बासी – चेपाङ्गले मध्यवर्ती कार्यालयका गरेको तालाबन्दी खुल्यो

चितवन , असोज ६ – चितवन माडीका सुकुम्बासी चेपाङ्ग समुदायले चार वटै मध्यवर्ती कार्यालयमा लगाएको तालाबन्दी सहमती पछि खुल्ने भएको छ। पीडित पक्षको माग कार्यान्वयन गराउन पहल गर्ने सहमति पत्र गराई तालाबन्दी खोल्ने निर्णय भएको हो। आज माडी नगरपालिकाको कार्यलयमा भएको छ्लफल पछि नगरप्रमुख ठाकुर प्रसाद ढकाल , चार वटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु तथा बाँदरझुला सुकुम्बासी संघर्ष समिति लगायतका सरोकारवाला निकायका प्रतिनिधि संगको वार्ता पछि डेढ महिना अगाडी लगाइएको ताला खोल्ने सहमती भएको जनाइएको छ । आज गरिएको उक्त सहमति पत्रमा बाँदरझुला बस्तीमा कृषि जन्य मेसिनरी औजार प्रयोग गर्न पाउने, कुसुमखोला बाट विस्थापित परिवारको आवश्यक व्यवस्था मिलाउने , व्यवस्थापनको लागि माडी नगरपालिका वडा नं ७,८ र ९ मा रोकिएको निर्माणधिन् घरहरूको निर्माण कार्य तत्काल अगाडि बढाउनु पर्ने , बाँदरझुला लगायत माडीको समग्र सुकुम्बासी व्यवस्थापनका लागि प्रधानमन्त्री र वनमन्त्री समक्ष मागपत्र सहित जाने , बगई – कुसुमखोला हुँदै बाँदरझुला जाने पैदल मार्ग लाई आवत जावतमा भएको अवरोध हटाई सुचारु र आवश्यक मर्मत गर्ने उल्लेख गरिएको छ। तालाबन्दी गरिए पछि मध्यबर्तीको काममा अबरोध सिर्जना भएको थियो ।

ताजा समाचार