होमपेजचितवन विशेषचितवनको परिक्षणमा थप २३ जनामा कोरोना संक्रमण

चितवनको परिक्षणमा थप २३ जनामा कोरोना संक्रमण

चितवन, असोज ५ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा सोमबार गरिएको परिक्षणमा चितवनका २२ र बाराका एक जना गरि थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका २,१० र १२ का एक जना पुरुष र ३ जना महिला , पुर्बी चितवनको रत्ननगर नगरपालिका वडा नं. २ र ११ एक जना पुरुष र २ जना महिला यस्तै खैरहनी नगरपालिका वडा नं. १,२,४,६ र ७ का १० जना पुरुष र ५ जना महिलमा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।उनीहरुको क्वारेन्टिन र पुस्पान्जली अस्पताल बाट स्वाब लिइएको जनाइएको छ । त्यस्तै सोही परिक्षामा बारा जितपुरका एक जना महिला लाई पनि संक्रमण देखिएको छ । प्रयोगशालामा सोमबार कुल ३७२ नमुना परीक्षण गरिएकोमा २३ जनाको नमुना परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार