चितवन , असोज ५ – चितवनको माडी नगरपालिका कार्यपालिकाको बैठकले आधारभूत विद्यालयहरुको कक्षा कटौती र समायोजनको निर्णय गरेको भन्दै काँग्रेस र रा.प्र.पा. लगायतका दलहरुले बिरोध जनाएका छ्न । सामुदायिक बिद्यालयको गुणस्तर सुधार र शिक्षा लाई सर्बशुलभ बनाउनको सट्टा हचुवाको भरमा बिधालय समायोजनको प्रक्रिया अगाडि बढाएको भन्दै उनिहरुले बिरोध जनाएका हुन । कार्यपालिका बैठकले माडीका ९ वटा बिधालय लाई समायोजनको प्रक्रिया अगाडी बढाए पछि माडीमा रहेका चार वटा राजनैतिक दलले आज सो निर्णय खारेजीको माग गर्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र बुझाउने दलहरुमा नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) र जनता समाजवादी पार्टी रहेका छन् । चारवटै पार्टीको माडीको नगरस्तरीय समितिका प्रतिनिधीहरुले माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधारका लागि सर्वपक्षीय छलफल हुनुपर्ने माग गर्दै विद्यालय समायोजन वा कक्षा कटौती गर्दा स्थानीय समुदायको सहमती लिन अनुरोध गर्दै आफुहरुको माग सम्बोधन नभएमा आन्दोलनमा जाने चेतावनी समेत दिएका छ्न ।माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले राज्यको नीति निर्देशन अनुरुप नै माडीमा विद्यालय समायोजन अगाडि बढेको बताउँदै शैक्षिक विकासका निम्ति माडीका दल, सरोकारवाला र समुदायसंग छलफल गरी अगाडि बढ्ने बताए ।