होमपेजचितवन विशेषचितवनमा दुई घण्टा विद्युत अबरुद्ध हुने

चितवनमा दुई घण्टा विद्युत अबरुद्ध हुने

चितवन, असोज ५– चितवनमा आज सोमबार विहान दुई घण्टा विद्युत् लाइनअवरुद्ध हुने भएको छ ।
हेटौंडा ग्रीड अन्तरगतको १३२ केभि बसबारको कण्डक्टर मर्मत गर्नु पर्ने भएकाले सोमबार विहान दुई घण्टा सटडाउन हुने जनाइएको छ ।नेपाल विद्युत् प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले चितवनमा विहान ७ देखि ९ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र, टाँडी वितरण केन्द्र र चनौली वितरण केन्द्रलाई पत्र पठाउँदै १३२/३३/११ केभि भरतपुर शव स्टेशन सटडाउन हुने जानकारी सहितको पत्र पठाएको हो । –

ताजा समाचार