होमपेजचितवन विशेषचितवनमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु

चितवनमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु

चितवन, असोज ४- चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत एक पुरुषको कोरोना संक्रमणका कारण  आज मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुषको आज निधन भएको छ ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका मृतकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । विज्ञप्तिमा सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको अबस्थामा उनको मृत्यु उल्लेख गरिएको छ । मृतकमा उच्च रक्तचाप लगायतको समस्या रहेको अस्पतालले जनाएको छ ।

ताजा समाचार