Home ताजा समाचार पेट्रोल बोकेको ट्याङ्कर त्रिशुली नदिमा खस्यो

पेट्रोल बोकेको ट्याङ्कर त्रिशुली नदिमा खस्यो

0

धादिङ, असोज ४- आज बिहान ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिनुभयो । नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।रासस