होमपेजचितवन विशेषअयोध्याधाम निर्माण गर्न साबिक अयोध्यापुरीका स्थानिय जमीन उपलब्ध गराउन तयार

अयोध्याधाम निर्माण गर्न साबिक अयोध्यापुरीका स्थानिय जमीन उपलब्ध गराउन तयार

चितवन ,असोज ३ – प्रधानमन्त्री केपि शर्मा ओलीले चितवनको माडीमा बृहत मन्दिर सहितको अयोध्याधाम निर्माण गर्नका लागि माडीका स्थानिय लगायत स्थानिय तह लाई आग्रह गरेपछी साबिक अयोध्यापुरीका स्थानियबासीहरु धाम निर्माणका लाई आबश्यक हुने जमिनको तयारीमा जुटेका छ्न । हालको माडी नगरपालिका वडा नम्बर ७ का स्थानियबासीहरुले अयोध्याधाम निर्माणका लागि निजी भोगचलनमा रहेको १५ बिगाहा जमीन उपलब्ध गराउन राजी भएका हुन । माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुरमा लालपूर्जा भएको ९ बिगाहा जमीन र करीब ६ बिगाहा ८ नं. पर्ती जग्गा अयोध्याधाम निर्माणका लागि निःशुल्क प्रदान गर्न स्थानीयबासी तयार भएका हुन् ।
वडा नम्बर ७ का स्थानीयहरू धन प्रसाद काफ्ले, सुर्य ठकुरी, चन्द्र बहादुर भुजेल, बिष्णु भुजेल, कमल खनाल, घनश्याम खनाल, दयानिधी खनाल, भेषराज काफ्ले र अर्जुन शाही ठकुरीले धाम निर्माणका लागि आफुहरुले भोगचलन गर्दै आएको जमिन निःशुल्क दान गर्न तयार भएको वडा नं. ७ स्तरीय रामधाम निर्माण समितिका अध्यक्ष धर्मराज खनालले बताए। माडी नगरपालिका स्तरिय समितिले हाल सम्म साबिक अयोध्यापुरी गाउ बिकाश समितीका विभिन्न स्थानमा जमिनको खोजी र पहिचान गरिरहेको जनाएको छ । साबिक अयोध्यापुरी गाबिस अहिले माडी नगरपालिका वडा नम्बर ७ , ८ र ९ तीन वटा वडा रहेको छ । अयोध्याधाम निर्माणका लागि सहयोग पुर्याउन केही दिन अगाडि वडा नंम्बर ७ स्तरीय रामधाम निर्माण समिति गठन भएको थियो ।

ताजा समाचार