होमपेजचितवन विशेषसवारी दुर्घटनामा चितवनका एक युबकको मृत्यु

सवारी दुर्घटनामा चितवनका एक युबकको मृत्यु

चितवन , असोज ३ – नारायणगढ – हेटौंडा सडकखण्ड्को मकवानपुरको मनहरी गाउँपालिकाको वडा नं ९ रजैयामा आज साझ सवारी दुर्घटनामा परी चितवनका एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा ७ विकास चोकका २९ वर्षीय दीपेन्द्र अधिकारीको मिनिबसको ठक्कर बाट ज्यान गएको हो ।चितवनबाट हेटौडा तर्फ जाँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र चितवन तर्फ आउदै गरेका ना ४९ प २४०० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा अधिकारीको मृत्यु भएको हो ।मृतक अधिकारी मकवानपुरमा सरकारी कार्यरत रहेको अबस्थामा कोरोना परीक्षण गर्दा पोजेटिभ आएपछि होम आइसोलेशनमा बस्न चितवन घरमा आउँदै गर्दा दुर्घटना भएको जनाइएको छ । मृतक अधिकारी चितवन माडीका स्थानियबासी हुन ।

ताजा समाचार