होमपेजचितवन विशेषभरतपुरको परिक्षणमा चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्ठि

भरतपुरको परिक्षणमा चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्ठि

चितवन, असोज ३ – चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड १९ – परिक्षण प्रयोगशालामा शुक्रवार गरिएको परिक्षणमा चितवनका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा पुर्बी चितवनका रत्ननगर , खैरहनी र राप्ती नगरपालिकाका ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा रत्ननगर नगरपालिका वडा नं. ५ का २७ वर्षीय पुरुष , यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. ४ र २ का ४३र ३२ वर्षीया दुई जना पुरुष तथा राप्ती नगरपालिका वडा नम्बर ६ का २४ बर्षका एक जना पुरुष र २२ बर्षका एक जना महिलमा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।उनीहरु सबैको क्वारेन्टिनबाट स्वाब लिइएको जनाइएको छ । प्रयोगशालामा शुक्रबार कुल ३१२ नमुना परीक्षण गरिएकोमा ५ जनाको नमुनाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार