Home चितवन विशेष चितवनमा लागू औषध गाँजा सहित दुई जना पक्राउ

चितवनमा लागू औषध गाँजा सहित दुई जना पक्राउ

0

चितवन, असोज २- जिल्ला प्रहरी कार्यालय चितवनले चितवनमा १ सय किलो गाँजा सहित दुई जना पक्राउ पछि सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका ११ आँपपानीका २५ वर्षिय दोर्जे तामाङ र २४ वर्षिय पदम बहादुर मोक्तान रहेका छन । गाँजा ओसारपसारमा संलग्न उनिहरु लाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । गत भदौ २१ गते प्रहरीले राप्ती नगरपालिका दवाडी चोकबाट ५ वटा बोरामा पोको बनाइ राखेको लागू औषध गाँजा बेवारिसे अवस्थामा फेला पारेको र अनुसन्धान गर्दै जाँदा ओसारप्रसारमा संलग्न व्याक्तिलाई असोज १ गते राप्ति ५ भण्डाराचोक बाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताए । लागुऔषध गाजा ओसार प्रसारमा संलग्न मुख्य व्यक्ति अझै फरार रहेको र खोजी कार्य भइरहेको उनको भनाइ छ । पक्राउ परेका दुबै लाई चितवन जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।