Home चितवन विशेष भरतपुर अस्पतालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

0

चितवन,असोज २- कोरोना संक्रमणका कारण चितवन स्थित भरतपुर अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ । सर्लाही हरिहर गाँउपालिकाका ५५ बर्षिय पुरुषको आज विहान मृत्यु भएको हो ।
किड्नीमा समस्या भई डायलायसिस भइरहेको उनको भदौ १८ गते कोरोना पुष्टि भएको र खोकी , स्वासप्रश्वासको समेत समस्या देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि २३ गते कोभिड आइसियूमा राखेर उपचार गरिएकोमा आज बिहान उपचारकै क्रममा उनको मृत्यु भएको हो ।कोरोना संक्रमणका कारण गए राती चितवन मेडिकल कलेजमा पनि नवलपुरका एक पुरुषको पनि मृत्यु भएको थियो ।