Home चितवन विशेष कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा थप एक जनाको मृत्यु

0

चितवन, असोज २ – कोरोना संक्रमणका कारण चितवनमा थप एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराती मृत्यु भएको हो । नवलपरासी जिल्लाको पूर्व देवचुली नगरपालिका ११ का ३१ बर्षिय पुरुषको राति १२ः१८ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । उनको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनि अस्पताल भर्ना भएका तथा भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।