होमपेजचितवन विशेषपहिरोका कारण नारायणगढ - मुग्लिङ सडक पुन: अबरुद्ध

पहिरोका कारण नारायणगढ – मुग्लिङ सडक पुन: अबरुद्ध

चितवन , असोज २ – नारायणगढ – मुग्लिङ सडक खण्ड्को विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान बाट सडक अबरुद्ध रहेको छ । आज बिहान करिब ५:४० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ चाैध किलाे, सत्र किलो र घुमाउने भन्ने स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको हो । अबिरल बर्षाको कारण माथीबाट पहिरो झरी ठाउँ ठाउमा बाटो दुबै तर्फ अबरोध भएको र पहिराे हटाउने तर्फ आवश्यक पहल भैरहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । दुइतर्फी सडक सुचारू गर्न २/३ घण्टा भन्दा बढी समय लाग्न सक्ने जनाइएको छ ।

ताजा समाचार