होमपेजताजा समाचारभोलि मध्याह्न १२ बजेभित्र रेल नेपाल आइपुग्ने

भोलि मध्याह्न १२ बजेभित्र रेल नेपाल आइपुग्ने

काठमाडौं, असोज १ – भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको रेल भोलि जनकपुर आइपुग्ने भएको छ ।

जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनमा छ ।

त्यहाँबाट जनकपुर आइपुग्न ४ घण्टा लाग्ने बताइएको छ । मध्याह्न १२ बजेसम्ममा आइपुग्ने रेललाई स्वागत गर्न महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली जनकपुर आइपुग्दैछन् ।

रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको हो । -लोकान्तर

ताजा समाचार