होमपेजविचार/ब्लगरामधाम : माडी बिकासका लागि कोषेढुंङ्गा बन्न सक्छ

रामधाम : माडी बिकासका लागि कोषेढुंङ्गा बन्न सक्छ

“अग्रेजी भाषाको एउटा सरल वाक्यांश सापटी लिएर भन्ने हो भने उनीहरु  “The existence of god is beyond our thoughts but where they exist is our soul” भन्छन ।  नेपाली अनुवादमा भगवान हाम्रा सोंच र समझभन्दा माथिका कुरा हुंन तर जहाँ छन आत्मामा छन भनिएको छ । मध्य पुर्वी देशहरु खास गरी मुसलमान समुदायको पबित्र गन्थनमा एउटा वाक्य पढ्न पाइन्छ “मालिक योम यिदिन“अर्थात संसारका मालिक एक हुंन संसार जस्ले बनायो ऊ एउटै हो । हिन्दु धर्मसम्म आईपुग्दा भगवान र देवताहरु यति धेरै नाम र पहिचानहरुमा भेटिन्छन कि हामी नामले पनि राम चिन्छौ अनि कर्मले पनि राम । राम नाम सत्य हो, राम नाम तथ्य हो , राम नाम इतिहास हो , राम नाम पहिचान हो, समाज हो , आस्था हो ,भरोसा हो । पछिल्लो केही समय राम नाम निकै चर्चामा आयो । चर्चा रामका नाममा सधै थिए तर यतिबेला अलगै बिषयले स्थान पायो । राम जन्मभुमि तथा राम धामका प्रसङ्गमा सम्माननीय प्रधानमन्त्री ज्युले दिनु भएको वक्तव्यले थप बढी चासो पायो । के राम नेपाल मै जन्मिएका हुंन त ? के राम नाम माडी क्षेत्रको अलौकिक बिकासका लागि कोसेढुंगा साबित हुंने हो त ? चर्चा यसैका छन । जति  गन्थन यसैका छन ।

धार्मिक गन्तव्यका हिसाबले चितवन जिल्ला सुरुदेखि नै एउटा प्रमुख पबित्र स्थल रहदै आयो । खास गरी पबित्र देबघाट , नारायणी नदी, नारायणी नदीको काखैमा रहेको मौला कालिका मन्दिर , हनुमान मन्दिर, पश्चिम् तर्फको निकुञ्ज भित्रपर्ने बिक्रम बाबा शक्ति पिठ, निकुञ्ज भित्रैको शिव मन्दिर ,गोद्धकनाथ ,भैरबनाथ देउता खोला , महाभारत काल खन्डले छोएको पाँच पांडबहरुले गुप्त बास बसेको भनिएको ठाँऊ, ं त्रेता युगमा माता सीताले पानी पिंउन प्रयोग गरिएको इनार, रेवा नदी, बैकुण्ठ ताल, सोमेश्वर गढी चितवन जिल्ला धार्मिक गन्तव्य तथा पौराणिक कथाहरुको बेजोड संगम स्थल रहदै आयो । तर पनि बिकासका आधारहरुले निकै फितलो फड्को मार्यो, जति हुंनु पर्ने थियो बन्नै पाएन । खास गरी माडी क्षेत्र सदरमुकामको नजिकै भएर पनि बिकासका हिसाबले हिमाली पहाडी जिल्लाका बिकट ठाउँहरु भन्दा फरक कहिल्यै हुंन सकेन । माडी ठोरी हुलाकी राजमार्ग तथा निकुञ्जको पर्यटकीय अबधारणाहरुमा टेकेर पनि बिकास देख्नै सकेन । बिकास हुँदै पनि गर्लान तर यतिका धेरै सम्भावनाहरु रहेर पनि समस्याहरुले कहिल्यै छोडेन । बिज्ञानले बिकास र बिनासलाई सङ्गै जोडेर लेखेको पाइन्छ । भौतिकवाद आध्यात्मवाद, अर्थशास्त्र, खगोल ,भूगोल जहाँ हेरे पनि बिकासका क्रम र गतिहरुलाई समयको माग हो भनेर लेखिएको हुंन्छ । फेरि पनि माडी क्षेत्रले त्यो समय पर्खिएको समय कहिल्यै देख्न पाएन जुंन समयको इन्तजारमा थुप्रै पिढीहरु सकिए अनि सकिदै जांने छन।

माडी क्षेत्रको बिकास कुनै एक बिन्दुबाट सुरु भएर कुनै अर्को बिन्दु पुगेर सकिन्छ भन्दियो कसैले भने त्यो सरासर गलत हुंन्छ । शरिर भरिनै घाउका खतहरुलाई कुनै एउटा पुर्जामा मलम दल्दिएर निको बनाएको कल्पना गर्नु र माडी क्षेत्रलाई कुनै एक बिन्दुबाट बिकास भएको परिकल्पना गर्नु उस्ता उस्तै हुंन । यति बेलाको माडी त्यै शिथिल शरीर जस्तै हो जहाँ घाउं नै घाउहरु छन , अनि मलम नै मलमहरु चाहिएका पनि छ्न । प्रस्तावित रामधाम पनि तिनै मलमहरु मध्यको एक हो जो माडी बिकासका लागि धार्मिक पर्यटनको हिसाबले महत्वपूर्ण आकर्षण बन्न सक्ने छ ।

सञ्चार, बिजुली, पानी, बाटो घाटो  कुलेसो, पुल ,खोला नाला खास गरी निकुञ्जका जनावर , प्रशासनिक दमन अत्याचार साना ठुला खोलाहरुले निम्त्याउंने बाढी, कटान आदि माडीसँग थुप्रै समस्याहरु छन । जो जिवन्त छन । शिक्षा, स्वास्थ, रोजगार ,कृषि तथा खाद्य सुरक्षा माडीले नपाएका कुरा धेरै छन  । माडीका समस्या समाधान गद गर्यौ भने पनि एउटा पिढिंले आफ्नो जीवनको आयु र समय सप्पै सुम्पनु पर्ने हुंन्छ  । तर जहाँ समस्याहरु हुंन्छ्न उपाएहरु पनि सँगै होलान्  वा  वरपर पक्कै हुंने हुंन्छन ।

माडी बिकासको बृहत योजनाहरुलाई धेरै पटक कापीमा लेखियो । चुनावमा लगियो, भोट खाइयो, माइनुटमा राखेर सन्दुकमा थन्काईयो । तर माडीले देख्न र महसुस गर्न सक्ने जस्तो बिकास कहिल्यै केही भएन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण माडी कृषिजन्य उत्पादनहरुमा पनि निकै ओजिलो ठाउँ हो । यहीँको उत्पादनले मात्रै पनि जिल्लाभरिको भान्साको स्वाद बदल्न सक्ने हैसियत राख्दछ । माडी ठोरी हुलाकी मार्ग ब्यापारका दृष्ट्रिकोणले राज्यकै चासोको विषय मध्य पर्छ । निकुञ्ज आफैंमा अमुल्य बरदान पनि छ । हामीलाई जंगली जनावरहरुको संरक्षण र व्यवस्थापन गर्न सकियो र जनावरहरु गाउँ गाउँ परेर खेतीबाली नष्ट गर्ने र आक्रमण नगर्ने अवस्था भयो भने निकुञ्जले थुप्रै कुराहरु दिएको पनि छ । जो कसैले चाहेरै पनि पाउंन सक्दैनन । खास गरी मध्यवर्ती र सामुदायिक बनहरुबाट पाउंने सेवा सुबिधा तथा निकुञ्जका राजस्वहरु बाट पाउंन सकिने लाभहरुलाई प्रयोगमा ल्याउन सकियो भने निकै लाभ दायक बन्ने छ । यी यस्ता बँुंदाहरुलाई गतिलो सम्यन्त्र तथा सम्पूर्ण माडीबासीको आपसी तालमेलले सम्बोधन गर्ने हो भने माडी क्षेत्रको  बिकास अप्ठ्यारो विषय पक्कै होइन । रामधाम यिनै र यस्तै बिन्दु मध्यको हो , जो माडी बिकासका लागि कोषेढुंङ्गा बन्न सक्छ ।

नेपाल विविधतामा एकता भएको एउटा बिकास उन्मुख राष्ट्र  हो । देशमा समस्याहरु थुप्रै छन तर हामी समाधान उन्मुख बाटोमा पनि छौ ं। नेपाल राष्ट्र आफैंमा थुप्रै हिन्दु धर्मावलम्बीहरुको आस्थाको देश पनि हो, हिन्दुत्व हाम्रो रगतमा छ । हामीले हिन्दूत्व छोडेर धर्म निरपेक्षता अंगाल्यौ , हाम्रो मुलुकको सुन्दर पाटो भनेकै त्यै थियो तर हामीले हिन्द्त्व छोडेको भने कहिल्यै थिएनौ । मठ मन्दिरहरु आस्थाले मात्रै होइन पहिचान र अस्तित्वका कुराले पनि आवश्यक पाटो हुंन । अस्तित्वले मात्रै होइन पर्यटन पर्बर्धनले पनि उत्तिकै महत्वपूर्ण पाटो हो। रामधाम सम्पूर्ण माडी क्षेत्रका लागि उपयोगी अस्त्र हुन्छ । सम्पुर्ण हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि बहुउपायोगी बन्न सक्छ । भगवान कहाँ जन्मिए के फरक पर्छ र ?अध्ययन गरौ अनुसन्धान गरौ । राम हाम्रो  कि उस्को भन्दा पनि धेरै रामसँग जोडिएका आस्थाहरुमा के के छन खोजी गरौं । राम धाम बन्यो भने धार्मिक पर्यटनको बाटो खुल्छ, पर्यटन बढयो भने बिकासको मुल फुट्छ  । रामले उता बसेर यताका अनुन्याईहरुलाई मन्दिर नबनाउं पक्कै भन्दैनन  । रामले यता बसेर उताका भक्तजनहरुलाई यता नआउ पक्कै भन्दैनन । हामीलाई राम चाहिएको छ बिकासको लागि , आस्था र भक्तिको लागि । पशुपतिनाथको यात्रा अनि सिद्राको ब्यापार हामीले लेख्यौ , राम हाम्रो हो र राम धाम हाम्रो हुंनु पर्छ लेख्न किन चुक्ने ? रामधामले माडीलाई सबै कुराहरु दिदैनन जति राज्य र प्रशासन अनि हाम्रा मिहिनेति हातहरुले दिन्छ्न  । तर रामधामले त्यो एउटा बिन्दु पक्कै समाउँछ जो हामीलाई रामबाण जत्तिकै आवश्यक बन्दै आएको छ ।

जय श्री राम, जय माडी, जय माडी बिकासका योजना ।

 

ताजा समाचार