होमपेजचितवन विशेषचितवनमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि

चितवनमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्ठि

चितवन, असोज १– चितवनको भरतपुर स्थित भरतपुर अस्पताल कोभिड -१९ परिक्षण प्रयोगशालामा बुधबार गरिएको परिक्षणमा चितवनका थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका चार जनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिका वडा नं.३ र १० का ४३ वर्षीय पुरुष र २१ वर्षीया महिला रहेका छन् । यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं.६ र ११ का २८ र ४० वर्षीया दुई जना पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।उनीहरु सबैको पुरानो मेडिकल कलेज भरतपुर र क्वारेन्टिनबाट स्वाब लिइएको जनाइएको छ । प्रयोगशालामा बुधबार कुल २९९ नमुना परीक्षण गरिएकोमा ४ जनाको नमुनाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

ताजा समाचार