Home चितवन विशेष चितवनमा निषेधाज्ञा खुकुलो हुदै , कार्यबिधी पूरा गरेर निजि र सार्बजनिक यातायात...

चितवनमा निषेधाज्ञा खुकुलो हुदै , कार्यबिधी पूरा गरेर निजि र सार्बजनिक यातायात संचालन हुने

0

चितवन, भाद्र ३१ – जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा लागू हुने गरि नया आदेश जारी गरेको छ । स्थानीय प्रशासनले निशेधाज्ञा लाई परिमार्जन गरि भोलि असोज १ गते देखि ७ गतेसम्मका लागि लागु हुनेगरी नयाँ आदेश जारी गरेको हो । प्रशासनले भोली देखि निजी सवारी साधान र यात्रुवाहक सवारी साधन जिल्ला भित्र जोर विजोेर प्रणालीमा प्रकृया पुर्याएर संचालन गर्न दिने आदेशमा उल्लेख गरिएको छ । त्यस्तै अत्यावश्यक पसल विहान ६ वजेदेखि साझ ५ वजेसम्म र अन्य पसललाई विहान १० बजेदेखि ५ वजेसम्म खोल्न मिल्नेगरी आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ गते राती १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधज्ञा लगाएको थियो । चितवन जिल्लामा साउन ३२ गतेबाट निषेधज्ञा लगाइएको थियो भने अत्यावश्यक पसल लाई केही दिन अगाडी बाट बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म संचालन गर्न दिएको थियो ।