होमपेजताजा समाचारनारायणी नदिमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

नारायणी नदिमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता

प्रेम चन्द राैनियार , नवलपरासी , भाद्र ३१- पश्चिमी नवलपरासीकाे सुस्ता गाउँ पालिका ५ ठाडिघाट स्थित ईटाँ वाेकेर सुस्ता तर्फ जाँदै गरेकाे डुङ्गा नारायणी नदिमा पल्टिदा एक जना वेपता भएका छ्न ।
वेपत्ता हुनेमा भारत उत्तर प्रदेशकाे महराजगन्ज जिल्ला वस्ने वर्ष २८ का सतरु मुसहर रहेका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासी का नायब प्रहरी उपरिक्षक एंवम सुचना अधिकारी राजु लामाका अनुसार सुस्ता स्थित जनता आवासकाेे भवन निर्माणका लागि ठाडिघाट देखि ईटाँ लाेडगरि सुस्ता तर्फ जाँदै गरेकाे डुङ्गा पारि पट्टि पल्टिँदा डुङ्गामा सवार ७ जना मध्ये ६ जना पाैडि खेलेर बाहिर निस्किएका छन भने एक जना नदिमा डुबेर वेपत्ता भएका हुन । वेपत्ता मुसहरकाे स्थानिय वासिन्दा , नेपाल प्रहरी र शसत्र प्रहरीको टोलिले खोजी जारी राखेकाे प्रहरिले जनाएकाे छ ।

ताजा समाचार