होमपेजताजा समाचारनारायणगढ - मुग्लिन सडकखण्ड पुन अबरुद्ध

नारायणगढ – मुग्लिन सडकखण्ड पुन अबरुद्ध

चितवन, भाद्र ३१– चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः पहिरो खसेर अबरुद्ध भएको छ । नारायणगढ – मुग्लिङ सडकखण्डको चार किलो र चोरखोलाको बीचको विभिन्न स्थानमा पहिरो खसेपछि आज विहान ६ बजेदेखि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पहिरो हटाउने काम भइरहेको भए पनि माथिबाट अझै ढुङ्गा र लेदो खस्ने क्रम जारी रहेकोले पहिरो हटाउन समस्या भइरहेको बताइएको छ । हिजो मंगलबार पनि सोही ठाउँको विभिन्न स्थानममा पहिरो खस्दा बाटो अवरुद्ध भएको र साझ खुलाइएको थियो ।

ताजा समाचार