धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । तर मृतकका आफन्तले भने उनले आत्महत्या नभई उनको हत्या भएको बताउँदै आएका छन् । समाचारमा आत्महत्या किन लेखेको भन्दै दिनेश सञ्चार गृहको समाचार कक्षमा पुगेर व्यवस्थापक अमिता कुँवर, सह–सम्पादक जनक विष्ट र प्राविधिक कल्पनासिंहमाथि हातपात र कुटपिट गरिएको थियो । सो घटना बारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिब बस्नेतको नेतृत्वमा चार सदस्यीय छानबिन समिती गठन गरीएको छ । राष्ट्रिय मानब अधिकार आयोगले पनि घटनाबारे छानबिन गरीरहेको छ । -सुदुर प्रेस